समाचारबुधबार, आश्विन २७, २०७२

भारतले इन्धन अझै दिएन

हिमालखबर

kakadvittaकेही दिनदेखि भारतले नाकाबन्दी खुकुलो पारेको बताइए पनि इन्धन आपूर्तिमा कुनै सुधार भएको छैन ।

भैरहवा–सुनौली नाकाबाट तीन दिनदेखि दैनिक पेट्रोलका ४, डिजेलका २ ट्यांकर र ग्यासका ३ वटा बुलेट मात्रै भित्रिरहेका छन् । लुम्बिनी अञ्चल प्रहरी प्रमुख गणेश केसीका अनुसार नाका अझै नियन्त्रित नै छ र तीन दिनदेखि एउटै मात्रामा इन्धन भित्रिएको छ । अन्य गाडीहरु भने यो नाकाबाट २७ असोजमा मात्रै १९२ वटा भित्रिएका छन् ।

विराटनगर–जोगबनी नाकाबाट २७ असोजमा ५ वटा डिजेलका ट्यांकर बाहेक इन्धनका गाडी अरु भित्रिएनन् । यद्यपी साँझ ७ बजेसम्म अन्य सामान बोकेका गाडी भने १०० वटा भित्रिएको सीमा प्रहरी चौकी, रानीले जनाएको छ ।

त्यसैगरी नेपालगञ्ज–रुपैडिहा नाकाबाट जम्मा ९९ वटा मालबाहक गाडी भित्रिएकोमा पेट्रोल ६ ट्यांकर, डिजेल २३ ट्यांकर, मट्टीतेल २ ट्यांकर र ग्यास २ बुलेट भित्रिएका छन् ।

काकडभिट्टा–पानीटंकी नाकाबाट २७ असोज दिउँसो सम्म १३३ वटा मालबाहक ट्रक नेपाल भित्रिएकोमा ग्यासको बुलेट एउटा र हवाई इन्धनको टयांकर एउटामात्रै छन् । अन्य इन्धन भारतले आउनै दिएको छैन ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल निगमले इन्धन लिन आउनु भन्दै नेपाल आयल निगमलाई खबर गरे पनि पर्याप्त मात्रामा इन्धन दिइरहेको छैन । इन्धन लोड गर्न गएका ट्यांकरहरुलाई पहिले जस्तै ‘केन्द्रको आदेश’ भन्दै आईओसीले रोकिराखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>