समाचारबिहीबार, आश्विन २८, २०७२
देशलाई हानी र जनतालाई दुख हुने काम नगरः समिति

बाराको कलैयामा २७ असोजमा मोर्चाका अान्दोलनकारीले सडकअवरुद्ध पार्न बालेको टायर ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिले आन्दोलनरत पक्षलाई राष्ट्रलाई हानी पुर्याउने र जनतालाई दुख दिने काम नगर्न आग्रह गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सरकारलाई समर्थन गरेका दलका शीर्ष नेतहरु सम्मिलित समन्वय समिति आजै, २८ असोजमा गठन भएको हो ।
दलहरुबीच समन्वय गर्न, साझा नीति तथा कार्यक्रम निर्धारण, सरकारको सुसञ्चालनका लागि गठित समितिले चाड पर्वका बेला आपूर्ति सहज बनाउन र भारतले आपूर्ति रोकिरहेका बेला तत्काल विकल्प खोज्न समेत सरकारलाई आग्रह गरेको छ ।
त्यसैगरी आन्दोलनरत पक्षसँग वार्ता ठोस रुपमा अघि बढाउन आजै वार्ता टोली गठन गरिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । वार्ता टोली गठन गर्दा नेपाली कांग्रेससँग पनि समन्वय गरिने दाहालको भनाई थियो ।
यद्यपी यसअघि नै नेपाली कांग्रेसका नेता महेश आचार्यको नेतृत्वमा गठित तीन दलको वार्ता टोलीले आन्दोलनरत पक्षसँग वार्ता गर्दै आएको थियो ।
कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
