समाचारबिहीबार, आश्विन २८, २०७२
मन्त्रिपरिषद बैठकः वार्ताका लागि आह्वान गरिने
मन्त्रिपरिषद बैठकले आन्दोलनरत दलहरुलाई वार्ताका लागि लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
असन्तुष्ट पक्षसँग वार्ताका लागि सरकार बाहिर रहेका दलहरुसँग समेत छलफल गरी आजै प्रधानमन्त्रीले गठन गरी वार्ताका लागि आह्वान गर्ने निर्णय भएको हो ।
अघिल्लो सरकारकै पालादेखि आन्दोलनरत दलहरुसँग पटक पटक वार्ता हुँदै आए पनि नयाँ सरकार बनेपछि वार्ताका लागि नयाँ टोली गठन गरी आन्दोलनरत पक्षलाई औपचारिक पत्र पठाइने भएको हो ।
त्यसैगरी मुलुकमा इन्धनको सहज आपूर्तिका लागि कुटनीतिक तहमा पहल भैरहेको र वैकल्पिक आपूर्तिका लागि तयारी समेत अगाडी बढाइएको सरकारका प्रवक्ता एवम् न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमा इन्द्र भण्डारी र प्रेस सल्लाहकारमा प्रमोद दाहाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
