समाचारबिहीबार, आश्विन २८, २०७२

एमाओवादीबाट सभामुखमा घर्ती

हिमालखबर

onsari-gharti-magar-finalएमाओवादीले ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

२८ असोजमा बसेको पार्टी स्थायी समितिको बैठकले पूर्व उपसभामुख घर्तीलाई सभामुख बनाउने निर्णय गरेको हो ।

यसअघि पार्टीले गिरिराजमणि पोखरेललाई सभामुख बनाउने भने पनि पोखरेलले सभामुख बन्न अस्वीकार गरेपछि घर्तीलाई सभामुख बनाउने निर्णय भएको हो ।

एमाओवादीले सरकारमा मन्त्रीहरु कसको नेतृत्वमा पठाउने भन्ने निर्णय अझै गरिसकेको छैन । यद्यपी पार्टीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकार जाने तय भएको एक स्थायी समिति सदस्यले बताए ।

अहिलेसम्म एमाओवादीबाट महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, शक्ति बस्नेत लगायत ८ जना मन्त्रिपरिषदमा सहभागी हुने पक्का भएको ती नेताले बताए ।

स्थायी समितिको बैठकले भने सरकारमा जाने मन्त्रीहरुको छनौट गर्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ ।

२९ असोज, ३ बजे निर्वाचन
सहमतिको आधारमा सभामुख चयन गर्ने म्याद सकिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ २९ असोज बिहान ११:३० बजे सभामुखको निर्वाचन प्रक्रिया शुरु गर्ने कार्यतालिका प्रकाशित गरेको छ ।

सचिवालयले आज अपरान्ह १४:३० सम्म सहमतिको आधारमा सभामुख चयन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । आग्रहबमोजिम सहमतिका आधारमा कुनै पनि प्रस्ताव दर्ता नभएकाले शुक्रबार बिहान ११:३० देखि २ बजेसम्म उम्मेदवारी दर्ता गराउन सचिवालयले सूचनामार्फत आग्रह गरेको हो ।

सूचनाअनुसार दिउँसो बजे सभामुखको निर्वाचन हुनेछ ।

यस्तै, उपसभामुखको चयन प्रक्रिया भने शुक्रबार साँझ ५ बजे व्यवस्थापिका–संसद्को बैठकमा अगाडि बढाइने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>