समाचारबिहीबार, आश्विन २८, २०७२

एमाले बैठकः कांग्रेससँग मिलेर अघि बढ्ने

हिमालखबर

CPN-UML-Flagनेकपा एमाले स्थायी कमिटीको बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले कांग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ ।

बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ‘भद्र सहमति’ तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि कांग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको बताए ।

संविधान जारी हुनु पूर्व एमालेलाई प्रधानमन्त्री र कांग्रेसलाई राष्ट्रपतिको जिम्मेवारी बाँडफाँड गर्नेबारेमा प्रमुख दलबीच ‘भद्र सहमति’ भएको बाहिर आएको थियो ।

बैठकले रिक्त सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा अन्य दलसँगको समन्वय र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ ।

बैठकले विद्यमान आपूर्ति व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ ।

भारतको नाकाबन्दीलगायतका विषयमा वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा यही साता भारतको भ्रमणमा जाने बैठकमा प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।

थापालाई सरकारले भारतसँगको वार्ताका लागि गठित समितिको संयोजक पनि तोकेको छ ।

एमालेले पेट्रोलियम पदार्थको अभावका समयमा जनताले देखाएको धैर्यप्रति आभार प्रकट गरेको छ ।

मन्त्री चयनको मापदण्डमा छलफल
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि ठोस निर्णय भएन । नेता पाण्डेका अनुसार मन्त्री चयनको मापदण्डबारे छलफल भएको र विधि र प्रक्रियाबाट निर्णय गर्न जोड दिइएको छ ।

बैठकले प्रधानमन्त्री ओली र नयाँ मन्त्रीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>