समाचारबिहीबार, आश्विन २८, २०७२
उपप्रधानमन्त्री थापा भारत जाने
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला भारत सरकारसँग औपचारिक वार्ता गर्न उपप्रधानमन्त्री कमल थापा भारत जाने भएका छन् ।
परराष्ट्रमन्त्री समेत रहेका थापाले २८ असोजमा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफू ३० असोजमा भारतको राजधानी नयाँदिल्ली जाने जानकारी गराएका हुन् ।
उनले भारतीय समकक्षी सुष्मा स्वराजको निम्तोमा भारत जान लागेको बताए । थापाले भ्रमणको प्रमुख उद्देश्य पेट्रोलियम पदार्थको आपूर्तिको विषयमा छलफल गर्नु रहेको भन्दै आफूले समस्या समाधान गर्ने दाबी गरेका छन् ।
भारतले तीन सातादेखि नाकाबन्दी गर्दै आएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
