समाचारबिहीबार, आश्विन २८, २०७२
अघोषित नाकाबन्दीप्रति गम्भीर छौंः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको अघोषित नाकाबन्दीले सम्पूर्ण नेपालीलाई दुखी बनाएको बताएका छन् ।
प्रधानमन्त्री भइसकेपछि पहिलो पटक संसद बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाध पारवहन सुविधा भूपरिवेष्ठित राष्ट्रको नैसर्गिक हक भएको बताए ।
ओलीले भने, “संविधानको घोषणा पश्चात् भारतसँगको सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थिति, अघोषित नाकाबन्दी र इन्धन लगायत अत्यावश्यक बस्तुहरूको आपूर्तिमा देखिएको व्यवधानप्रति हामी गंभीर छौं । निर्वाध पारवहन सुविधा भूपरिवेष्ठित राष्ट्रको नैसर्गिक हक र विभिन्न अन्तर्राष्ट्रिय अनुबन्धद्वारा प्रत्याभूत अधिकार पनि हो ।”
ओलीले द्विपक्षीय व्यापार सम्झौता अनुरुप पनि भारतले वस्तुहरूको सहज निकासी पैठारीमा कुनै अवरोध सिर्जना गर्न नहुने भन्दै थपे, “नेपालीहरुका चाडपर्वहरु नजिकिएको बेला सीमा क्षेत्रमा उत्पन्न असहज स्थिति र त्यसले आपूर्ति व्यवस्थामा पारेकोव्यवधानले सम्पूर्ण नेपालीलाई दुःखीबनाएको छ ।”
उनले देशले सामना गर्नुपरेको समस्या बुझेर नेपाली जनताले देखाएको धैर्य र सुझबुझको प्रशंसा समेत गरेका थिए ।
उनले अत्यावश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन सरकारले राजनीतिक र कूटनीतिक पहल आरम्भ गरिसकेको भन्दै यसका लागि व्यवसायिक र जनस्तरबाट गरिने प्रयासहरुमा सरकारले सहयोग गर्ने बताए ।
संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, वृहत्तर राष्ट्रिय हित तथा आर्थिक समृद्धिका लागि सरकारभन्दा बाहिर रहेका दलहरूसँग समझदारी निर्माण गरेर अघि बढ्ने ओलीले प्रतिवद्धता व्यक्त गरे ।
उनले असन्तुष्ट सबै दल र पक्षलाई देश र जनताको हितका बिषयमा केन्द्रीत भएर वार्ता र समझदारीमा आउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
