समाचारबिहीबार, आश्विन २८, २०७२

आवेदन गर्नेमा महिला धेरै: लोकसेवा

हिमालखबर

nf]s;]jf cfof]usf cWoIfåf/f @)&!–&@ sf] jflif{s k|ltj]bg laxLaf/ /fi6«klt sfof{nodf cfof]lht sfo{qmddf /fi6«klt 8f= /fdj/0f ofbjnfO{ x:tfGt/0f ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

लोकसेवा आयोगले आफूले लिने विभिन्न परीक्षाहरुका लागि आवेदन गर्नेमा पछिल्लो समय पुरुषभन्दा महिलाको संख्या बढदै गएको  जनाएको छ ।

आयोगले राष्ट्रपति रामवरण यादवसमक्ष पेश गरेको आव २०७१/२०७२ को छपन्नौँ वार्षिक प्रतिवेदन निजामती सेवामा रिक्त रहेका ७ हजार ९९१ पदका लागि प्रकाशित २ हजार ३७९ विज्ञापन तथा सूचनामा ३ लाख ६० हजार ५०६ महिला र २ लाख ३९ हजार १६२ पुरुषले आवेदन गरेको उल्लेख छ ।

आयोगको सुझावको उपेक्षा
राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै अध्यक्ष मैनालीले आयोगको परामर्श लिनुपर्ने संवैधानिक प्रावधानको बेवास्ता गरेर एक सेवाबाट अर्को सेवामा सरुवा गरिएको विषयलाई सच्याउन सम्बन्धित निकायलाई आग्रह गर्दा पनि त्यसको अनादर भएको जानकारी गराए ।

यसैगरी प्रहरीलगायत केही सरकारी सेवाका पदमा नियुक्ति र बढुवा गर्दा आयोगको परामर्श लिनुपर्ने संवैधानिक व्यवस्था विपरीत गरी कानुन संशोधन गर्दा पनि परामर्श नलिएकाले आयोगले पुनः ध्यानाकर्षण गराउनु परेको, निजामती सेवा क्रमशः ज्येष्ठतामा आधारित हुनेतिर उन्मुख हुँदै गएको र योग्यताका आधारको बढुवामा योगदान घट्दै गएकामा पनि उनले चिन्ता व्यक्त गरे ।

निजामती सेवामा देखापरेका कमीकमजोरी हटाउन, कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था मिलाउन, संरचना तथा प्रक्रियामा सेवाग्राही नागरिकको प्रतिनिधित्व गराउन, दुर्गम जिल्लामा कर्मचारी नजाने प्रवृत्ति अन्त्य गर्न, बढुवाका आधार परिवर्तन गर्न र कर्मचारीलाई संस्कृति भाषा र परम्पराका बारेमा प्रशिक्षण दिई सांस्कृतिक समुदायमा प्रभावकारी सेवा प्रवाह गर्न पनि सरकारलाई सुझाव दिइएको अध्यक्ष मैनालीले उल्लेख गरे ।

मैनालीले २८ असोजमा बुझाएको प्रतिवेदनमा राजपत्राङ्किततर्फ ७०३ राजपत्र अनङ्किततर्फ तीन हजार ९३८ र श्रेणीविहीनतर्फ १२१ गरी चार हजार ७६२ जनालाई नियुक्तिका लागि सिफारिस गरेको र समावेशी समूहतर्फ दुई हजार ५८४ पदका लागि दुई लाख ७४ हजार ८३१ उम्मेदवारले आवेदन गरेकामा एक हजार ९७९ उम्मेदवार नियुक्तिका लागि सिफारिस भएका बताइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>