Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१ कात्तिकमा फेरि भोटो देखाइने - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन २८, २०७२

१ कात्तिकमा फेरि भोटो देखाइने

हिमालखबर

bhotoरातो मछिन्द्रनाथको भोटो १ कात्तिकमा पुनः दोस्रोपटक देखाइने भएको छ ।

हरेक वर्ष जावलाखेलमा भोटो देखाएपछि रथ जात्रा समापन हुने भए पनि यस वर्ष देवताको १२ वर्षे रथ जात्रा परेकाले जावलाखेल र बुङमती गरी दुई स्थानमा भोटो देखाउने प्रचलनअनुसार आगामी १ गते पुनः भोटो देखाउने तयारी रहेको गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अन्य समयमा जावलाखेलमा भोटो देखाएर जात्राको अन्त्य हुने भए पनि यस वर्षको मेलालाई विशेष रुपमा लिने भएकाले रथ निर्माण गरिएको स्थान बुङमतीमा पनि भोटो देखाउन लागिएको हो ।

प्रत्येक १२/१२ वर्षको रथ जात्रालाई विशेष महत्वका साथ लिने भएकाले यस वर्ष जावलाखेलमा भोटो देखाएपछि रथलाई तानेर बुङमती पुर्‍याएको चौथौ दिन प्रचलन अनुसार भोटो देखाइने पुजारी विनोद बज्राचार्यले बताए ।

रथ जात्राअन्तर्गत गत ६ वैशाखमा रथारोहण गरी ९ गतेदेखि रथ जात्रा शुरु गरेकामा १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेको र लगत्तै मलमास शुरु भएकाले ४ असोजमा फेरि रथारोहण गरी ५ गतेदेखि जात्रा शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>