थप समाचारबिहीबार, आश्विन २८, २०७२

एनआरएनए अध्यक्षमा फेरि घले निर्वाचित

हिमालखबर

urlगैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा टीबी कार्कीलाई भारी मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि शेष घले निर्वाचित भएका छन् ।

काठमाडौंस्थित सोल्टी होटलमा भएको निर्वाचनमा घलेले ८६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । कार्कीले भने २६७ मत मात्रै ल्याउन सफल भए । अध्यक्षका अर्का उमेद्वार रतन झाले घलेलाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिएका थिए ।

उपाध्यक्षहरुमा ५३८ मत ल्याएर भवन भट्ट र ५१३ मत ल्याएर कुमारप्रसाद पन्त विजयी भएका छन् । महासचिवमा ५५५ मतका साथ बद्री केसी विजयी भएका छन् भने कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सचिव अर्जुनकुमार श्रेष्ठ निर्वाचित भउका छन् । मतगणना अझै सकिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...