खेलकुदशुक्रबार, आश्विन २९, २०७२
नेपालको लगातार दोस्रो जित, युगाण्डालाई १ सय ७१ रनले हरायो
आइसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले यूगाण्डालाई पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदालनमा भएको प्रतियोगितामा नेपाली युवा टोलीले ७ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले यूगाण्डालाई २ सय ४७ रनको चुनौती दिएको थियो । तर, नेपाली टोलीले यूगाण्डालाई ३६.२ ओभर खेल्दै ७१ रनमा रोक्यो ।
नेपालले गतिलो ब्याटिङ गरेपछि युगाण्डालाई नेपालले दिएको २ सय ४७ रनको लक्ष्य पुरा गर्न हम्मे हम्मे परेको थियो । नेपालका तर्फबाट दिपेश श्रेष्ठले तीन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ विकेट लिदा यूगाण्डा अल आउट भएको थियो ।
यसअघि, भएको पहिलो खेलमा नेपालले पपूवा न्यूगिनिमाथि ९ विकेटको शानदार जित हासिल गरेर प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>