समाचारशुक्रबार, आश्विन २९, २०७२

संविधान कार्यान्वयनमा चुनौतीः राष्ट्रपति यादव

हिमालखबर

राष्ट्रपति रामवरण यादवले मुलुकमा जारी नयाँ संविधानको कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को साताैँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै यादवले संविधानको कार्यान्वयन गर्ने अत्यन्त अप्ठ्यारो भएको बताए ।

उनले संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यलाई सम्पन्न गर्न सबै राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।

सार्वभौम संविधानसभाबाट संविधान जारी गरी सात दशक लामो नेपालीको आकांक्षा पूरा भएको उल्लेख गर्दै उनले संविधानको कार्यान्वयनले साँचो अर्थमा लोकतान्त्रिक, संघीय, समावेशी संविधानले सबै क्षेत्र, वर्ग र समुदायको सम्बोधन हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>