Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओनसरी घर्ती पहिलाे महिला सभामुख - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन २९, २०७२

ओनसरी घर्ती पहिलाे महिला सभामुख

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

ओनसरी घर्तीमगर सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् ।

नेमकिपाकी सांसद अनुराधा थापाले उमेद्वारी फिर्ता लिएपछि ओनसरी घर्ती निर्विरोध सभामुखमा निर्वाचित भएकी छिन् ।

घर्तीलाई सत्तारुढ दलहरुले उमेद्वार बनाएका थिए । घर्ती यसअघि उपसभामुख थिइन ।

उनलाई प्रतिपक्ष दल नेपाली कांग्रेसको समेत समर्थन थियो ।

२० बर्षमा छापामारदेखि सभामुखसम्म
संसदीय व्यवस्थाको चर्को विरोध गर्दै बन्दूक उठाएकी माओवादी पूर्व लडाकु ओनसरी घर्ती (३७) झण्डै दुई दशकपछि त्यही संसदीय अभ्यास गर्ने संसदको सभामुख बन्न पुगेकी छन् ।

रोल्पाको जंकोटमा २८ कार्तिक २०३४ मा बुवा प्रसाद घर्तीमगर र आमा नौमतीको कोखवाट जन्मिएकी ओनसरी सामान्य किसान परिवारमा हुर्किएकी हुन् ।

२०४६ साल देखि राजनीतिमा लागेकी घर्तीले सशस्त्र विद्रोहको क्रममा विभिन्न जिल्लामा, विभिन्न मोर्चा सम्हालेकी थिईन् ।

माओवादी विद्रोहको सुरुवात भएकोदिन १ फागुन २०५२ मा रोल्पाको होलेरी आक्रमणमा संलग्न दुई महिलामध्ये ओनसरी(१८) एक थिइन् ।

रोल्पाको होलेरीबाट सुरु भएको उनको छापामार विद्रोहको यात्रा २०६१ को अन्त्यतिर सिन्धुपाल्चोकको चौतारा आक्रमणमा आएर टुंगिएको थियो ।

शान्तिप्रक्रियापछि पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् रहेकी घर्ती दोस्रो संविधानको चुनावमा रोल्पा क्षेत्र नं. २ वाट विजयी भएकी थिइन् ।

संविधानसभा÷व्यवस्थापिकामा उप–सभामुखको महत्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी रुपान्तरित संसदको सभामुख बनेकी हुन् ।

माध्यमिक तह सम्मको अध्ययन पुरा गरेकी ओनसरीलाई छापामार, सभासद्, मन्त्री,संविधानसभा÷व्यवस्थापिकाको उप–सभामुख हुँदै रुपान्तरित व्यवस्थापिका संसदको सभामुख हुने मौका जुरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>