थप समाचारशुक्रबार, आश्विन २९, २०७२

उपसभामुखमा यादव निर्वाचित

हिमालखबर

gangaव्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

व्यवस्थापिका–संसद्को २९ असोजको बैठकमा उपसभामुख पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित भएका हुन् । उनलाई निर्वाचित गरियोस् भनी नेकपा एमालेका सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गरेका थिए भने एमाओवादीका सांसद रेखा शर्माले समर्न गरेकी थिइन् ।

उपसभामुख पदमा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले उम्मेदवारी दर्ता गराए पनि लिखितरूपमा फिर्ता लिइएकाले यादवको मात्र उम्मेदवारी कायम रहेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध भएका हुन् ।

संसद्को अर्काे बैठक ७ कात्तिक, शनिबार दिउँसो ३ बजे बस्नेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...