समाचारशुक्रबार, आश्विन २९, २०७२

नेपालले आग्रह गरेमा अधिकतम सहयोग गर्न चीन तयार

हिमालखबर

chinaभारतले नाकाबन्दी गरिरहेकाबेला चीनले नेपालले अनुरोध गरेमा सबै खालका सहयोग गर्न तयार रहेको जनाएको छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनियाङले नेपालको अनुरोध अनुसार चीनले सबै खालको सहयोग गर्ने बताएकी हुन् ।

चीनले नेपालमा इन्धन आपूर्ति पनि गर्न सक्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले इन्धनको नाम नलिई नेपालले अनुरोध गरेमा चीनले सकेजति अधिकतम सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

उनले भनिन, “नेपाल र चीनबीचको अवरुद्ध जिलुङ नाका हिजोबाट शुरु भएसँगै चीनले सहायता सामाग्री पठाएको छ, नेपालको आग्रह अनुसार चीनले अधिकतम सहयोग गर्नेछ ।”

यद्यपी भारतको नाकाबन्दीपछि नेपालले इन्धन लगायत अत्यावश्य वस्तुको अापूर्तिका लागि चीनसँग औपचारिक आग्रह गरेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>