समाचारशुक्रबार, आश्विन २९, २०७२

सन्तुलित भूमिका निर्वाह गर्नेछु: नवनिर्वाचित सभामुख घर्ती

हिमालखबर

onsari_gangaprasadनवनिर्वाचित सभामुख ओनसरी घर्तीले सभामुख र उपसभामुखमा निर्विरोध निर्वाचित हुनुले सबै दल एक भएर नेपाललाई विजयी बनाउने सन्देश दिएको बताएकी छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै घर्तीले यो निर्वाचन नेपाली जनताको सात दशक लामो सङ्घर्षको विजयको प्रतिबिम्बका रुपमा आफूले लिएको बताइन् ।

उनले भनिन्, “विजयको यो सन्देशलाई आफ्नो क्षमताले भ्याएसम्म सन्तुलित भूमिका निर्वाह गरेर देखाउनेछु ।” संविधानको कार्यान्वयनका क्रममा दल एक हुनुपर्ने र मुलुकलाई समृद्ध बनाउनुपर्ने पनि उनले बताइन् ।

यस्तै, नवनिर्वाचित उपसभामुख गङ्गाप्रसाद यादवले आफूहरुको विजय समावेशीकरणको उत्कृष्ट नमुना बनेको बताएका थिए ।

सभामुख र उपसभामुखको सपथग्रहण आइतबार, १ कात्तिकमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>