समाचारशनिबार, आश्विन ३०, २०७२

प्रधानमन्त्रीद्वारा मोर्चामा आबद्ध दललाई पत्राचार

हिमालखबर

kpप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेशी मोर्चा र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्नका लागि पत्राचार गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गरेका हुन् ।

मन्त्रिपरिषद्को २८ असोजको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो ।

नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव खेपिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>