समाचारशनिबार, आश्विन ३०, २०७२

कांग्रेसलाई उचित पद दिन सकिन्छ: नेता नेपाल

हिमालखबर

nepalनेकपा एमालेका नेता माधवकुमार नेपालले विगतको कमीकमजोरीलाई स्वीकार गरेर सहमतिमा आए नेपाली कांग्रेसले चाहेको पद दिन सकिने बताएका छन् ।

गोठाटारमा ३० असोजमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान जारी गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न तयार भए आफूहरु कांग्रेसलाई उचित स्थान दिएर सरकारमा ल्याउन तयार रहेको बताएका हुन् ।

नेता नेपालले भने, “इतिहासमा नै महिला पहिलो पटक सभामुख भएकोमा मुलुकका समग्र महिलाले खुशी व्यक्त गरेका छन् । केही समयपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि महिला नै बन्दै हुनुहुन्छ । राष्ट्रपति पनि महिला नै भए सबै भन्दा राम्रो हुन्छ । हामी त्यसको प्रयत्नमा छौ ।”

उनले काठमाडौँ – तराई द्रुत मार्ग करोडौँ भ्रष्टाचार गरेर भारतीय कम्पनीलाई दिन लागिएकोप्रति आपत्ति जनाउँदै नेपाली व्यवसायीलाई नै निर्माणका लागि दिनुपर्ने, यदि त्यसो हुन नसके विश्वव्यापी बोलपत्र आह्वान गरेर प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>