थप समाचारशनिबार, आश्विन ३०, २०७२

स्रोह हजार भेडाच्याङ्ग्रा निर्यात

हिमालखबर

chyangraदशैंका लागि हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा अन्य जिल्लामा निर्यात भएको छ ।

२० देखि २९ असोजसम्ममा म्याग्दी, पर्वत, कास्की, बाग्लुङ र काठमाडौँका व्यापारीले उक्त १६ हजार भेडाच्याङ्ग्रा खरिद गरी बजारमा पुर्‍याएका हुन् ।
करिब एक हजार भेडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानले खरिद गरेर राजधानी लगेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र घमी गाविसका किसानले पालेका भेडाच्याङग्रा निर्यात भएको पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख फलेन्द्र थकालीले जानकारी दिए ।

“अहिलेसम्म १६ हजार भेडाच्याङग्रा बाहिरिसकेको छ, अब दशैंलाई यति नै हो,” उनले भने, “तिहारलाई करिब चार हजारको निर्यात हुने अनुमान गरेका छौँ ।” जिल्लाबाट निर्यात हुने भेडाच्याङ्ग्रालाई आवश्यक खोप लगाएर पठाउने गरिएको छ ।

यसवर्षको दसैँ तिहारलाई तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नगरिएका कारण तुलनात्मक रुपमा महँगो भएको छ ।
गत असारमा तिब्बत र उपल्लो मुस्ताङका व्यापारीबीच भएको व्यापारिक मेलामा स्थानीयले किसानले खरिद गरेको भेडाहरु नै अहिले बजारमा आएको हो ।

“यो सिजनमा तिब्बतबाट भेडाच्याङ्ग्रा आयात भएको छैन्, अहिले आएको खसी चार महिनाअघि मुस्ताङी किसानले किनेका हुन्” निमित्त कार्यालय प्रमुख थकालीले भने ।

अहिले बजारमा भेडा च्याङ्ग्रा रु १८ देखि २४ हजारसम्म बिक्री भइरहेको छ । पशु सेवा कार्यालयले उपल्लो क्षेत्रका छ गाविसलाई भेडा च्याङग्रा पालनको दृष्टिले पकेट क्षेत्र घोषणा गरेर घाँसको बिरुवा, आधुनिक पशुपालनको तरिका र प्राविधिक सहयोग गर्दै आएको छ ।

गत मङ्सिरदेखि फागुनसम्म परेको हिमपात र चिसोका कारण पकेट क्षेत्रमा चार हजार भेडाच्याङग्रा मरेका थिए । यसले गर्दा पनि यसपटक अहिले महँगो भएको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>