थप समाचारशनिबार, आश्विन ३०, २०७२

पानीटंकी नाकाबाट इन्धन आयात ठप्प

हिमालखबर

kakadvittaभारतले गरेको नाकाबन्दी कहिले कडा त कहिले खुकुलो भनिए पनि २५ दिन पुग्दासम्म पूर्वको काकडभिट्टा–पानीटंकी नाकाबाट इन्धन आयात नगन्य छ ।

पछिल्लो समय फलफूल, तरकारी, औद्योगिक सामाग्री जस्ता सामान केही आउन दिए पनि यो नाकाबाट पेट्रोलियम पदार्थको आयात भने करिब ठप्पै छ ।

३० असोजमा अपराह्न सम्ममा काकडभिट्टा–पानीटंकी नाकाबाट ४४ वटा मालबाहक साधन भित्रिए, जसमध्ये पेट्रोलियम पदार्थको एउटामात्रै गाडी आयो– हवाई इन्धनको एउटा ट्यांकर ।

मधेशमा जारी आन्दोलनका कारण असुरक्षाले गर्दा सीमा अवरुद्ध भएको बहान बनाउने भारतले कुनै आन्दोलन र हडताल नभएको यो नाकामा अन्य ठाउँभन्दा कडाई गर्दै आएको छ ।

कुण्डुले खबर गरेनन्

आयल निगमको चारआलीस्थित कार्यालयले भारत गएका टयंकर कहिले भरिएर आँउछन् ठेगान नभएको जनाएको छ ।

निगमको चारआलीस्थित कार्यालयबाट गाडीमा सवा घण्टामा पुगिने भारतको न्युजलपाईगुढी रेल्वे स्टेसन नजिकको भारतीय डिपोमा निगमले सहयोगी (मुन्सी) कुशल कुण्डु लाई खटाएको छ ।

डिपोमा निगमका कतिवटा ट्यांकर भरिंदैछन् भन्ने दैनिक अग्रिम जानकारी गराउने कुण्डुले ३० असोज अपराह्नसम्म निगमलाई कुनै खबर दिएका छैनन् ।

इण्डियन आयल कर्पाेरेसन (आइओसी) को मुम्बईस्थित कार्यालयबाट निर्देशन नआउन्जेल भारतीय डिपोमा नेपाली ट्यांकर भरिँदैनन् ।

“नाकाबन्दी अघि भारतीय कर्मचारी सजिला थिए,” नेपाल आयल निगमका ति कर्मचारीले हिमालसँग भने, “अहिले त फोनमा कुरागर्न समेत आनाकानी गर्छन ।”

यता इन्धनको अभाबका कारण मेचीको जनजीवन नराम्रोसँग प्रभााबित भइरहेको छ ।

व्यवसायमा धक्का
पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा चाडबाडको मुखमा अन्न, कपडा, औषधी, बिस्कुट, नुन जस्ता उपभोग्य बस्तु पठाउन नसकिएको ब्यापारीहरु बताँउछन्

उद्योग वाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाई भन्छन्,“बिक्रीको सिजन पर्खिएका व्यबसायीहरुलाई नराम्रो धक्का लागेको छ ।”

पहाडी जिल्लामा पठाउने त्यस्ता सामग्री झापाका बिर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमक र भद्रपुरका गोदाममा थन्किएका छन् ।

सवारी साधन कम गुड्नाले दशैंका बजारमा मानिसहरुको चहलपहल समेत घटेको छ ।

गंगाप्रसाद ढकाल २१० वटा बस रहेको पूर्वाञ्चल यातायात संघका अध्यक्ष हुन । झापा, मोरङ र सुनसरीका ग्रामिण इलाकमा आउजाउ गर्ने त्यस्ता बसहरुमध्ये १३० वटा ग्यारेजमै थन्किएको ढकालले बताए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>