खेलकुदशनिबार, आश्विन ३०, २०७२

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई

हिमालखबर

three starयस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले रु एक करोड जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा ३० असोजमा भएको अन्तिम खेललमा मनाङ मर्स्याङदी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो ।

थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले अतिरिक्त समय ९२ औँ मिनेटमा एक/एक गोल गरेका थिए । लिग विजेता भएसँगै टीमले रु एक करोड प्राप्त गरेको छ ।

त्यसैगरी लिगमा दोस्रो भएको आर्मीले ५० लाख पाएको छ । शुक्रबार पुलिसलाई पराजित गर्दै आर्मीले दोस्रो स्थान पक्का गरेको थियो ।
तेस्रो भएको मनाङले रु २५ लाख पाएको छ ।

उत्कृष्ट पाँच

प्रतियोगितामा १४ गोल गरेका आर्मीका नवयुग श्रेष्ठ उत्कृष्ट फवार्ड घोषित भएका छन् भने थ्रीस्टारका किरण लिम्बु उत्कृष्ट गोलकिपर, झापा ११ का देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर, मनाङका विसाल राई उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् ।

त्यसैगरी थ्रीस्टारका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षकको उपाधि प्राप्त गरे । उत्कृष्ट पाँचै जनाले मोटरसाइकल पुरस्कार पाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>