थप समाचारशनिबार, आश्विन ३०, २०७२

आन्दोलनकारीद्वारा लूटपाट र अागजनी

हिमालखबर

truckपर्साको बहुअर्वाभाठा–७ मा रहेको श्री गणेश खाद्य उद्योगमा आन्दोलनकारीले तोडफोड गरी धान लुटेर लगेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दलाई अवज्ञा गरी उद्योगले रातिराति चामल बिक्री गरेको भन्दै आन्दोलनकारीले खाद्य उद्योगमा तोडफोड गर्नुको साथै १५० बोरा धानसमेत लुटी लगेको प्रहरीले जनाएको छ ।  उद्योगी विजय सरावगीले यस्ता गतिविधिले उद्योगी व्यवसायीहरुलाई दुखित र आतंकित तुल्याएको बताए ।

खाद्य उद्योगको कार्यालय, भान्सालगायतको स्थानमा तोडफोड गर्दै गोदाममा राखिएको धानलाई आन्दोलनकारीले लुटी लगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिए ।

उनले उद्योगमा भइरहेको लुटपाटलाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले प्रहरीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन १९ राउण्ड हवाई फायर गर्नुपरेको बताए ।

भिडलाई तितरबितर पार्न सशस्त्र प्रहरीको तर्फबाट सानो तथा ठूलो हतियारबाट १५ राउण्ड र नेपाल प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रवक्ता बोगटीले जानकारी दिए ।

आन्दोलनकारीले उद्योगभित्र रहेको सामान तोडफोड गरेपछि गोदाममा राखिएको धानको बोरा साइकलमा लोड गरी लगेको उद्योगका कर्मचारी जाकिर हुसैनले बताए ।

उनले आन्दोलनकारीको आक्रमण तथा लुटपाटबाट रु ६० देखि ७० हजार बराबरको धनमाल क्षति भएको जानकारी दिए ।

उद्योगबाट लुट्नका लागि साइकलमा लोड गरिएको दर्जर्नौ बोरा धान खेत, सडक र नजिकैको विभिन्न स्थानबाट बरामद गरी उद्योगमा राखेको प्रहरीले जनाएको छ ।

यसैबीच वीरगन्जको आदर्शनगरमा ३० असोज दिउँसो मालवाहक ट्रकमा आगजनी भएको छ ।

आदर्शनगरस्थित मनिष ट्रेडर्सको गोदाम अगाडि सुपारी लोड गरि राखिएको ना ४ ख ६३५ नम्बरको ट्रकमा आगजनी भएको हो ।
१०/१२ जनाको संख्यामा आएका युवाकोे ट्रकमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>