Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मधेशमा ठालुले भ्रम छरे: पोखरेल - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक १, २०७२

मधेशमा ठालुले भ्रम छरे: पोखरेल

हिमालखबर

girirajmaniएमाओवादीका प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नयाँ संविधानमा मधेशलाई केही पनि अधिकार छैन भनेर केही ठालुहरुले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाएका छन् ।

१ कात्तिक बिहान महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेलले मधेशबाट गुमेको आफ्नो भोट बैंक फिर्ता ल्याउनमात्र मधेसकेन्द्रित दलले तराई मधेशमा आन्दोलन गरिरहेको आरोप लगाए ।

भारतले गरेको नाकाबन्दीको कार्यान्वयन आन्दोलनकारीहरुले गरिरहेको भन्दै पोखरेलले थपे, “संविधान जलाउने दलहरुले नयाँ संविधान स्वीकार गरिसके । संविधानलाई टेकेर प्रधानमन्त्रीको चुनावमा भाग लिए । हामीले ल्याएको संविधान ठीक छ ।”

नयाँ संविधानले मधेशी जनताका अधिकार खोसेको प्रचार गरेर भ्रम सिर्जना गरिरहेका भन्दै उनले अब त्यसलाई चिर्नुपर्ने बताए ।

उनले नयाँ संविधान बहुसङ्ख्यक मधेशी जनताको हितमा बनेको तर मधेशका केही ठालुहरुले नयाँ संविधानमा मधेशलाई केही पनि अधिकार छैन भनेर सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको आरोप लगाए ।

उनले भने, “सीमित पहाडिया अहङ्कारवाद र मधेशका सीमित दलालहरुका हर्कतले देश गम्भीर मोडमा पुग्यो ।”  संविधान राम्रोसँग पढ्न आग्रह गर्दै पोखरेलले मधेशकेन्द्रित दलको भ्रममा नपर्न जनतालाई आग्रह गरे ।

मधेशकेन्द्रित केही दलले आगामी चुनावलाई लक्षित गरी आन्दोलन गरिरहेका भन्दै उनले अहिलेका मधेशवादी भनिने दलले मधेशका बहुसङ्ख्यक श्रमजीवि मधेशी जनताको प्रतिनिधित्व गर्न नसक्ने जिकिर गरे ।

एक अर्को प्रसङ्गमा बाँकी ६ वटा प्रदेशको तुलनामा दुई नं प्रदेशले मात्र सीमाङ्कन र पहिचानलाई ठीक ढङ्गले सम्बोधन गरेको पोखरेलको भनाइ थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>