थप समाचारआइतबार, कार्तिक १, २०७२

बर्दिया निकुञ्जमा हात्ती मेला

हिमालखबर

तस्वीर: भावुक योगी

तस्वीर: भावुक योगी

बर्दिया राष्ट्रिय निकुञ्जमा तेस्रो हात्ती मेलासँगै सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

दुई दिन चल्ने मेलामा हात्ती फुटवल प्रतियोगिता, पौडी प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम, संरक्षण सम्बन्धी नाटक, स्थानीय झाँकी, दोहोरी गीत लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

तस्वीर: भावुक योगी

तस्वीर: भावुक योगी

दशैंका बेला निकुन्जले प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रम माओवादी द्वन्द्वका बेला बन्द भई २०७० सालदेखि पुन शुरु भएको हो । पहिले ७ वटा हात्तीले सुंगुरको पाठो कुल्चने खेल हुने गरेकोमा तीन वर्षदेखि भने उक्त खेल बन्द गरी फुटबल तथा अन्य खेल र कार्यक्रमहरु समावेश गरिएको छ ।

hatti2

तस्वीर: भावुक योगी

स्थानिय कला संस्कृतीको जगेर्ना, संरक्षणमा लागेका अग्रजहरुलाई सम्मान, निकुञ्जको जैविक विविधता र वन्यजन्तु संरक्षणमा एकजुट हुनुपर्ने सन्देश दिने उदेश्यले मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

निकुञ्ज आसपासका युवाहरुको समूह ‘चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान’ ले कार्यक्रमको आयोजन गरेको हो ।

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>