Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतबाट मोटरसाइकलमा पेट्रोल - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक १, २०७२

भारतबाट मोटरसाइकलमा पेट्रोल

हिमालखबर

भारतको नाकाबन्दीसँगै सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी पनि बढेको छ ।

विद्रोही गिरी

petrol

नवालपरासीको त्रिवेणीमा भारतबाट मोटरसाइकलमा ल्याइएको तेल झिकेर बेचिंदै । तस्वीरहरु: विद्रोही गिरी

नवलपरासीको सीमा क्षेत्रमा भारतीय नम्बर प्लेट भएका गाडी चलाउने नेपाली र सीमा क्षेत्रका भारतीयहरु समेत आफ्ना गाडीमा टन्न पेट्रोल भरी नेपालतर्फ ल्याएर बेच्ने गरेका छन् ।

भारतबाट आफ्ना गाडीमा पेट्रोल भरेर ल्याउनेले नवलपरासीको त्रिवेणी बजारमा प्रतिलिटर रु १९० मा बेच्छन् भने स्थानीयले उक्त पेट्रोल रु. २८० प्रति लिटरमा बिक्री गरिरहेका छन् ।

भारतबाट मोटरसाइकलमा पेट्रोल भरेर त्रिबेणीमा बिक्री गर्न ल्याएका रहमान यादवले भने, “भारतमै पनि पम्पमा लामो लाइन लागेपछि एसएसवीको चेकजाँच र लाइनमा बसेर बल्लतल्ल ल्याएको पेट्रोल महंगो त हुने नै भयो ।”

सीमावर्ती भारतीय बजारको पेट्रोलपम्पमा जर्किनमा तेलभर्दै नेपालका सशस्त्र प्रहरी । एसएसबीले यो जर्किनमा तेल ल्याउन दिएन ।

सीमावर्ती भारतीय बजारको पेट्रोलपम्पमा जर्किनमा तेलभर्दै नेपालका सशस्त्र प्रहरी । एसएसबीले यी प्रहरीलाई जर्किनमा तेल ल्याउन दिएन ।

चितवन, नवलपुरका वासिन्दा समेत भारतको पश्चिम चम्पारन पुगेर आफ्ना गाडीमा तेल भर्ने गरेका छन् । यसरी तेल भर्न सीमापार पुगेका नेपालीहरुले गर्दा त्यहाँका पेट्रोलपम्पमा लामो लाइन हुने गरेको छ ।

भारत गएर तेल भर्न जाँदा र आउँदा सीमामा दुई किलोमिटरसम्मको लाइनमा बस्नु पर्छ र पेट्रोलपम्पमा पनि उत्तिकै लामो लाइन हुन्छ ।

गाडीमा बाहेक जर्किन वा अन्य भाँडोमा पेट्रोल ल्याउन एसएसबीले दिंदैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>