समाचारआइतबार, कार्तिक १, २०७२

फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पार्टी त्याग

हिमालखबर

श्रवणकुमार देव, सप्तरी

yadavमधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंह यादवले पार्टी परित्याग गरेका छन् ।

राजविराजस्थित आफ्नै निवासमा १ कात्तिक बिहान पत्रकार सम्मेलन गरी महासचिव यादवले साधारण सदस्य समेत नरहने गरी फोरम लोकतान्त्रिक परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीसँगै सप्तरीका जिल्ला अध्यक्ष सत्यनारायण यादव, सचिव भोगेन्द्र चौधरी लगायतले पनि पार्टी परित्याग गरेका छन् ।

मधेशमा जारी आन्दोलनका माग पूरा नहुँदै आन्दोलनलाई नै समाप्त पार्ने गरी पार्टीले आत्मघाती निर्णय गरेकोले पार्टी परित्याग गरेको उनले बताए ।

उनले भने, “पार्टीको केन्द्रीय कार्यसमिति, राजनीतिक समिति, पदाधिकारी कसैसँग पनि परामर्श नगरी अध्यक्ष विजय गच्छदारले सरकारमा जाने निर्णय गरेर सबै कार्यकर्ताहरुलाई मर्माहत बनाउनु भएको छ ।”

यादवले आफू तत्कालै कुनै पार्टीमा जाने योजना नरहेको र यसबारेमा पार्टीका अन्य नेता कार्यकर्ताहरुसँग छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>