समाचारआइतबार, कार्तिक १, २०७२

पुनःनिर्माणमा जोड्: प्रधानमन्त्री

हिमालखबर

oliप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाए ।

नेपाली जनतालाई राहतको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले भने, “जनताको घर, विद्यालय भत्किएको छ, त्यसैले उनीहरुलाई सहुलियत र सहयोगको आवश्यकता छ ।”
उनले अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा एनआरएनएका पुनःनिर्वाचित अध्यक्ष शेष घले नेतृत्वको पदाधिकारी तथा सदस्य टोलीले नेपालको पुनःनिर्माण र आर्थिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>