समाचारआइतबार, कार्तिक १, २०७२
एमाओवादीले मन्त्री छान्योः टोपबहादुर उपप्रधान, शक्ति गृहमन्त्री
एमाओवादीले पार्टी सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
रायमाझी उपप्रधान तथा उर्जा मन्त्री र शक्ति बस्नेत गृहमन्त्री हुने भएका छन् । यस्तै, गिरिराजमणि पोखरेललाई शिक्षा, गणेशमान पुनलाई आपूर्ति, रेखा शर्मालाई सामान्य प्रशासन, उमेश यादवलाई सिंचाई र अग्नी सापकोटालाई बन मन्त्रीका लागि एमाओवादीले सिफारिस गरेको छ ।
एमाओवादीले यसअघि हरिबोल गजुरेललाई कृषि मन्त्रीमा पठाइसकेकाे छ ।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>