समाचारआइतबार, कार्तिक १, २०७२

संविधानविरोधीलाई राष्ट्रपति बनाउन सकिंदैन: पोखरेल

हिमालखबर

ishwor_pokhrelनेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पहिले संविधान रोक्न षडयन्त्र गर्नेहरुले अहिले कार्यान्वयन रोक्नका लागि राष्ट्रपतिको निर्वाचनलाई प्रभावित बनाउन प्रयास गरिरहेको दाबी गरेका छन् ।

दशैंका अवसरमा काठमाडौंमा १ कात्तिकमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संविधानको सफल कार्यान्वयन हुन नदिन संविधानलाई स्वीकार नगर्ने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गराउन केही समूह प्रयासरत रहेको बताए ।

मधेशकेन्द्रित दलहरुले कांग्रेस समेतको सहयोगमा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रयास गरिरहेको चर्चा चलेका बेला पोखरेलको यस्तो अभिव्यक्ति आएको हो । उनले संविधान जलाउने व्यक्तिलाई राष्ट्रपतिमा स्वीकार गर्न नसकिने बताए ।

यसपटकको प्रधानमन्त्रीको निर्वाचनमा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको विजय भएको उनको दाबी छ ।

पोखरेलले संविधानको सफल कार्यान्वयन गर्न, आन्दोलनरत पक्षलाई वार्तामार्फत सहमतिमा ल्याउन, भूकम्पबाट प्रभावित मुलुकमा पुनःनिर्माण र नयाँ निर्माण गर्न आफूहरुले दल तथा सरकारमार्फत प्रयास गरिरहेको बताए ।

कार्यक्रममा पार्टीका सचिव योगेश भट्टराई र पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले संविधान निर्माणका क्रममा देखिएको खिंचातानी र त्यसपछि मुलुकले भोगेको अघोषित नाकाबन्दीका समयमा जनताले भोगेको पीडाका विषयलाई सञ्चारकर्मीले उजागर गरेकामा सन्तोष व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>