समाचारआइतबार, कार्तिक १, २०७२
सभामुख घर्तीद्वारा शपथ ग्रहण
राष्ट्रपति रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले सभामुख घर्तीलाई शपथ ग्रहण गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु सहभागी थिए ।
व्यवस्थापिका–संसद्ले गत २९ असोजमा सभामुखमा घर्तीलाई निर्वाचित गरेको थियो । घर्ती एमाओवादीका तर्फबाट रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
घर्तीले आजै पदभार ग्रहण गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>