Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट निर्धारण - Himalkhabar.com

थप समाचारआइतबार, कार्तिक १, २०७२

मेडिकल काउन्सिलद्वारा २३ कलेजको सिट निर्धारण

हिमालखबर

 

नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुमा विद्यार्थी संख्या निर्धारण गरेको छ ।

काउन्सिलको २५ र २९ असोजमा बसेको पूर्ण बैठकले शैक्षिक सत्र २०७२/०७३ का लागि २३ मेडिकल कलेजको एमबिबिएस र बिडिएस(डेन्टल) का लागि सिट निर्धारण गरेको हो ।
Microsoft Word - Seats for 2015.docx

यस वर्ष काउन्सिलले जानकी मेडिकल कलेज जनकपुर र देवदह मेडिकल कलेज रुपन्देहीका लागि सिट संख्या शून्यमा झारिदिएको छ ।
२३ मेडिकल तथा डेन्टल कलेजमा एमबिबिएसमा कुल १,९७५ र बिडिएसमा ४७० विद्यार्थीले अध्ययन् गर्नेछन् । अघिल्लो वर्ष एमबिबिएसमा कुल २,२४६ र बिडिएसमा कुल ५९५ सिट निर्धारित थिए ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार यस वर्ष पहिलेको तुलनामा अधिकांश कलेजको सिट कटौति गरिएको छ । कलेजमा उपलब्ध भौतिक पूर्वाधार र फ्याकल्टीका आधारमा सिट निर्धारण गरिएको डा. अधिकारीले बताए ।

उनले देवदह कलेजको विषयको मुद्दा अदालतबाट टुङ्गिन नसकेकाले उक्त कलेजको निरिक्षण नगरिएको र त्यसैकारणले सिट पनि निर्धारण नगरिएको प्रष्ट्याए ।

मुलुकमा नेपाल मेडिकल काउन्सिलले गरेको सिट निर्धारणका आधारमा नीजि तथा सरकारी मेडिकल कलेजले एमबिबिएस, बिडिएस, एमडी(स्नाकोत्तर) र एमएस तहमा तोकिएको सिट संख्याका आधारमा विद्यार्थी भर्ना गर्न पाउँछन् ।

Microsoft Word - Seats for 2015.docx
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>