समाचारआइतबार, कार्तिक १, २०७२

सहमति तोडेर पार्टीलाई धुलोमा मिलाए: खड्का

हिमालखबर

Khadka Briefs Mediaनेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सभापति सुशील कोइरालाले पार्टीको साख गिराएको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी सङ्घ भक्तपुरले १ कात्तिकमा सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा नेता खड्काले कांग्रेस नेतृत्वको सरकार गठन गरेर सफलताको शिखरमा पुगेको पार्टीलाई सभापति कोइरालाले धुलोमा मिलाएको आरोप लगाएका हुन् ।

संविधानसभाको दोस्रो निर्वाचनपछि सरकार गठन हुँदादेखि भएको सहमति, दलबीच भएको १६ र ७ बुँदे सहमति विपरीत गएर कांग्रेसले अहिलेसम्मको उपलब्धि र जस गुमाएको उनको भनाइ थियो ।

“संविधान जारी गरेपछि एमालेलाई सत्ता हस्तान्तरण गर्ने, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएकै हो”, उनले भने, “संविधान जारीपछि पनि दलबीच के के गर्ने भन्ने सहमति भएकै हो तर कांग्रेसले सहमति लत्यायो ।”

संविधान जारी गरेर शिर ठाडो गरेर जस लिने कांग्रेसले संविधान कार्यान्वयन गर्ने बेलामा दलबीचको सहमति तोडेको बताउँदै खड्काले भने,“सहमतिअनुसार नै अगाडि बढ्नुपर्छ भनेर भन्दा महामन्त्री र आफूलगायत सहमतिको पक्षमा उभिने नेताले गल्ती गरे भनिएपनि हामीले गल्ती गरेका छैनौँ ।”

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति गणेशमान चक्रधर, वरिष्ठ अधिवक्ता बाबुराजा जोशी लगायतले कांग्रेस सहमति र सहकार्यबाटै अगाडि बढ्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>