Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अमेरिकालाई हराउँदै नेपाल शीर्ष स्थानमा - Himalkhabar.com

खेलकुदसोमबार, कार्तिक २, २०७२

अमेरिकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

हिमालखबर

मलेसियामा जारी आईसीसी विश्वकप छनौट क्रिकेटमा नेपाल अमेरिकालाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमै कायम रहेको छ ।

नेपालले १०९ रनको लक्ष्य ४ विकेट गुमाउँदै भेटाएको थियो । नेपालका योगेन्द्रसिंह शाहीले ४६ बलमा ११ चौकासहित ५३ रन बनाएका थिए भने सुनिल धमलाले २४ बलमा १७ रन बनाए ।

यस्तै, नटआउट सौरव खनाल १२ बलमा १६ रन, दिपेन्द्रसिंह ऐरी ८ बलमा ५ रन र राजु रिजालले ९ बलको मद्दतमा ६ विकेट बनाएका थिए ।

11यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६ ओभरमा सबै विकेट गुमाएर १०९ रन जोड्यो । अमेरिकाले १०९ रन जोडे पनि नेपालले डक वर्थ लुइस नियमका आधारमा १०९ रनकै लक्ष्य पाएको हो ।

खराब मौसमका कारण निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएको हो । अमेरिकाले ३५ ओभर खेलेपछि खराब मौसमकै कारण केही समयका लागि खेल स्थगितसमेत भएको थियो ।

अमेरिकाका लागि सागर पटेलले सर्वाधिक ४४ रनको योगदान दिए । उनले तीन चौका र एक छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी तोहिदुल इस्लामले १४ तथा गौरव पटाङकरले ११ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

अमेरिकालाई १०९ रनमा समेट्ने क्रममा नेपालका प्रेम तामाङ एक्लैले पाँच विकेट लिए भने आरिफ शेखले दुई विकेट लिए । त्यस्तै सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

यसअघिका दुई खेल खेलेको नेपालले दुबै खेलमा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>