समाचारसोमबार, कार्तिक २, २०७२
नाकाबन्दी चाँडै हट्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहनलगायत मुलुकमा विद्यमान समस्या चाँडै समाधान हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले तराईमा देखिएको समस्या चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे ।
तराईमा जारी बन्द हडताल अन्त्य गरी सहज वातावरण बनाइदिन आफूहरुले प्रधानमन्त्रीसँग आग्रह गरेको र जवाफमा उनले समस्याको छिटोभन्दा छिटो समाधान निकाल्ने विश्वास दिलाएको महासङ्घका अध्यक्ष पशुपति मुरारकाले बताए ।
नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई दिन महासङ्घका प्रतिनिधिमण्डल बालुवाटार पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>