समाचारसोमबार, कार्तिक २, २०७२

‘नाका कटाएर लैजाने नेपालको काम’ (भीडीयाेसहित)

हिमालखबर

kM

तस्वीर/भीडीयाेः एएनअाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमानासम्म भारतले सामाग्री ल्याउन सहयोग गर्ने र नेपालले आफ्नो सीमाभित्र लैजान सक्नुपर्ने बताएका छन् ।

नेपालका परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा मोदीले नाका कटाउने काम नेपालको भएको बताएका हुन् । मोदीको भनाई उदृत गर्दै थापाले भने, “भारतले नाकासम्म लैजान सहयोग गर्छ, पारी लैजाने काम तपाईहरुको हो ।”

तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएका परराष्ट्रमन्त्री थापाले मधेशको समस्या नसुल्झेसम्म नाकाबन्दी कायमै राख्ने संकेत दिएको बताए । थापाका अनुसार संविधानमा सवैको स्वामित्व होस् भन्ने भारतको चाहना रहेको छ ।

उनले नाकाबन्दीबारे भारत सरकारलाई गम्भीरतापूर्वक कुरा राखेको बताए । भारतीय प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराजलगायतसँग परराष्ट्रमन्त्री थापाले भेट गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>