समाचारसोमबार, कार्तिक २, २०७२
कांग्रेसलाई सत्ताको लोभ छैनः महामन्त्री सिंह
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्तामै बस्ने लोभ नभएको बताएका छन् ।
गणेशमान जन्म शताब्दीका अवसरमा गोकर्ण माविमा निर्माण गरिएको गणेशमान स्मृति भवन विद्यालयलाई हस्तान्तरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कांग्रेसलाई सत्ताको लोभ नभएको बताए ।
“राजनीतिमा समयअनुसार जोखिमयुक्त निर्णय पनि गर्न सक्नुपर्छ, प्रधानमन्त्री पदमा सभापति सुशील कोइरालाको उम्मेदवारी केन्द्रीय समितिको निर्णयअनुसार भएको हो,” महामन्त्री सिंहले भने, “संविधान कार्यान्वयनको नेतृत्व पनि ठूलो दलका नाताले कांग्रेसले नै गर्नुपर्छ भन्ने पार्टीको निर्णय कार्यान्वयनका लागि उम्मेदवारी दिइएको हो ।”
नयाँ संविधानअनुसार कानून बनाई स्थानीय निकाय र संसदीय निर्वाचन गराउनुपर्नेमा पनि उनले जोड दिए ।
सांसद् एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले धेरै पैसा तिरेपछि मात्र राम्रो शिक्षा पाइन्छ भन्ने मानसिकता बढेकाले यसको अन्त्यका लागि सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो ।
सांसद दीपकप्रसाद कुइँकेलले व्यापारीकरणको दिशामा अघि बढेको शिक्षा क्षेत्रको विकृतिलाई रोक्नुपर्नेमा जोड दिनुभयो । भवन निर्माणका लागि अमेरिकामा होटेल व्यवसाय गर्दै आउनुभएका रविकुमार सुवेदीले सहयोग उपलब्ध गराउनुभएको हो । रासस ९श्रव्य सामग्री संलग्न छ०
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
