समाचारसोमबार, कार्तिक २, २०७२
संविधान संशोधनले हुँदैनः उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई संशोधनले मधेशको अधिकार प्राप्त हुन नसक्ने बताएका छन् ।
उनले सिराहामा आयोजित पत्रकार सम्मेलनमा संशोधनले मात्रै आन्दोलन नरोकिने बताए । उनले भने, “संशोधनले दुलो टाल्ने काम गर्छ, संविधान पुनःलेखन हुनुपर्छ ।”
प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि मधेशमै आलोचित बनेको मोर्चाका प्रमुख दलका अध्यक्ष यादवले सत्तामा जान मतदान नगरेको बताए । उनले भने, “राजावादी, माओवादी र एमालेको गठबन्धन हुनसक्छ भने मधेश विरोधी कांग्रेसलाई मतदान गर्न किन सकिदैन ?”
दशैंमा आन्दोलन केही खुकुलो बनाइएको बताउँदै यादवले केहीदिनभित्रै आन्दोलन कडा बनाउने बताए ।
-दिलिप कुमार सिंह, सिरहा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>