Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विकासको कार्ययोजना पेस गर: प्रम - Himalkhabar.com

समाचारमंगलबार, कार्तिक ३, २०७२

विकासको कार्ययोजना पेस गर: प्रम

हिमालखबर

k|wfgdGqL s]kL zdf{ cf]nL cfh l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf ;x;lrj ,;lrj tyf ljlzi6 >]0fLsf clws[tnfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा २ कात्तिकमा सचिव, सहसचिव तथा विशिष्ट श्रेणीका अधिकृतलाई निर्देशन दिने क्रममा उनले देश विकासको नयाँ कार्ययोजना कात्तिक मसान्तसम्म तयार गरेर पेस गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा जटिल र गम्भीर अवस्था भएका बेला जारी भएको संविधान कार्यान्वयनका लागि सामान्य अवस्था जस्तो लामो समय लगाएर काम गर्ने बेला नभएको भन्दै द्रुत गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ संविधान जारी भएपछि नयाँ ढङ्गले अघि बढ्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कानुन पनि जतिसक्दो छिटो बनाउनुपर्ने बताए ।

प्रशासनिक सेवा प्रवाह र जनताप्रतिको दायित्व बहन नयाँ ढङ्गले गरेर कर्मचारीले नेपालको इतिहासमा कोसेढुङ्गा सावित गर्नुपर्ने भन्दै ओलीले आपूर्ति व्यवस्था सहज बनाउन र प्रभावकारी बनाउन के–कसरी गर्न सकिन्छ र कानुनले रोकेको भए पनि त्यसबारेमा आवश्यक ध्यान दिनसमेत सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।

उनले दुर्गम क्षेत्रमा खाद्यान्न, औषधिजन्य अति आवश्यक कुरा पुगे, नपुगेकामा ध्यान पुर्‍याउन भन्दै सरकारले आन्तरिक लगानीलाई बढाएर देशलाई आधुनिकीकरण गर्न योजना बनाउने बताए ।

कृषिलाई आधुनिकीकरण गरी कृषिका आधारित उद्योग स्थापना गर्नुपर्ने, शिक्षा क्षेत्रअन्तर्गत चिकित्सा क्षेत्रमा आवश्यकता कति हो वा अन्य क्षेत्रमा कति आवश्यक जनशक्तिअनुसार योजना बनाउनसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

अस्पताल, विद्यालय, औद्योगिक प्रतिष्ठानमा तालाबन्दी गर्न नहुनेमा जोड दिँदै उनले राजमार्ग कही अवरोध भएमा समेत खुलाउन सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>