समाचारमंगलबार, कार्तिक ३, २०७२
सरकारी टोली र मोर्चाबीच छलफल
सरकारद्वारा गठित वार्ता टोलीले आन्दोलनरत मधेशी मोर्चाका नेता महन्थ ठाकुरसँग छलफल गरेको छ ।
३ कात्तिक विहान भएको छलफलमा वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापा र सदस्यद्वय विनाविभागीय मन्त्री रामजनम चौधरी र सामान्य प्रशासन मन्त्री रेखा शर्माले तमलोपा अध्यक्ष एवम् मोर्चाका संयोजक महन्थ ठाकुरसँग अनौपचारिक छलफल गरेका हुन् ।
काठमाडौंको विजुलीबजारस्थित तमलोपाको कार्यालयमा अध्यक्ष ठाकुरसँग भएको अनौपचारिक छलफल सकारात्मक भएको मन्त्री चौधरीले जानकारी दिए ।
मोर्चाको वार्ता टोलीका सदस्यहरु लक्ष्मणलाल कर्ण र लालबाबु राउत र सरकारी टोलीका सदस्य अग्नि खरेल काठमाडौं बाहिर रहेकाले अनौपचारिक छलफल मात्रै भएको र सबै काठमाडौं आएपछि पुनः छलफल गरिने मन्त्री चौधरीले बताए ।
छलफलका क्रममा ठाकुरले औपचारिक वार्ताका लागि आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति, निषेधित दंगाग्रस्त क्षेत्र हटाइनुपर्ने लगायतका माग दोहो¥याएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
