थप समाचारमंगलबार, कार्तिक ३, २०७२

पेट्रोलियम पदार्थ नष्ट नगर्न आग्रह

हिमालखबर

petroliumभारतीय सीमा नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि त्यसो नगर्न व्यवसायीले आग्रह गरेका छन् ।

रौतहटको सीमा नाकाबाट कृषि प्रयोजनका लागि भित्र्याइने गरिएको डिजल चन्द्रनिगाहपुरतर्फ ल्याउने क्रममा केही सातादेखि विर्ता तथा बालचनपुर क्षेत्रका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर सडकमै खन्याएर नष्ट गर्ने गरेका छन् ।

डिजेलको अभावमा यहाँका कृषकले धान झार्न पाएका छैनन् ।

धान झार्न तथा खेत जोत्न सीमा नाकाबाट ल्याइने गरेको डिजेल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर नष्ट गर्न थालेपछि समस्या भएको चन्द्रपुर नगरपालिका–१ बस्ने ट्र्याक्टर व्यवसायी हरि आचार्यले बताए ।

उनका अनुसार जिल्लामा डिजेलको अभाव भएका बखत महँगो मूल्यमा किनेर ल्याएको इन्धन नष्ट गर्दा कृषक प्रत्यक्षरुपमा मारमा परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>