समाचारमंगलबार, कार्तिक ३, २०७२

सरकारी वार्ता टोलीमा कांग्रेस सहभागी नहुने

हिमालखबर

PM Address NEFINकांग्रेस सभापति सुशील कोइरालाले आफ्नो दल सरकारी वार्ता टोलीमा सहभागी नहुने बताएका छन्।

रिपोर्टस क्लबले ३ कात्तिकमा महाराजगञ्जस्थित कोइराला निवासमा गरेको साक्षात्कारमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति कोइरालाले आन्दोलनरत दलहरुसँग वार्ताका लागि सरकारले गठन गरेको टोलीमा कांग्रेसका तर्फबाट कोही सहभागी नहुने प्रस्ट पारे । यद्यपी वार्ता टोलीलाई बाहिरै बसेर सघाउन सकिने कोइरालाले बताए ।

उनले भने, “प्रधानमन्त्रीजीले मलाई काग्रेसको तर्फबाट वार्ता टोलीमा सहभागिता हुनु पर्यो भन्नु भएको थियो । मैले प्रधानमन्त्रीलाई कांग्रेस समितिमा सहभागि हुँदैन बाहिर बाट गर्ने सहयोग गर्छौ भनेको छु।”

उनले मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावलाई वर्तमान सरकारले अघि बढाउनु पर्ने बताए ।
कोइराला मन्त्रिपरिषदले अघि बढाएको संसोधन प्रस्तावमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका हरेक निकायमा समानुपातिक÷समावेशी प्रतिनिधित्व सुनिश्चित गरिने लगायतका व्यवस्था गरिएको छ ।

राष्ट्रपतिमा उमेदवारी दिने
कोइरालाले नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवारी दिने पनि बताए ।

“लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनका लागि उम्मेदवारी दिनु जरुरी छ,” कोइरालाले भने, “अहिले छलफलमा छौँ, पार्टीले निर्णय गरेर उपयुक्त पात्रलाई उम्मेदवार बनाउँछौ।”

उनले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले आफूलाई उम्मेदवार बनाएकोले आफू उम्मेदवार बनेको भन्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेश आन्दोलनको पक्षमा भएको दावी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>