समाचारबुधबार, कार्तिक ४, २०७२

नेपाल ८ विकेटले विजयी

हिमालखबर

नेपालले १९ बर्ष मुनिको विश्वकप छनौट खेलमा आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

नेपालका लागि सुनिल धमला र सन्दिप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले ८ विकेटले विजयी हासिल गरेको हो ।

नेपालका लागि सन्दिप सुनारले ८५ र सुनिल धमलाले ७५ रन बनाएका थिए भने योगेन्द्रसिंह ठकुरीले ४ र कप्तान राजु रिजालले १६ रन बनाएका थिए । नेपालका लागि १९ बर्ष मुनिकाे खेलमा अाेपनरले बनाएकाे साझेदारी नया हाे ।

नेपालले पाएकाे १८५ रनकाे लक्ष्य ४३ बल बाँकी रहँदा नै भेटाएकाे थियाे । टस जितेर ब्याटिङ राेजेकाे अायरल्याण्डले ७ विकेटकाे क्षतिमा पूरै अाेभर खेल्दा १८४ रन बनाएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>