खेलकुदबुधबार, मंसिर ६, २०६९
सरस्वतीद्वारा थ्री—स्टार पराजित
सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगअन्तर्गत ६ मंसिरमा सिम्रिक सरस्वती क्लबले थ्री–स्टारलाई २–१ गोल अन्तरले पराजित गर्यो । ४३ औं मिनेटमा रमेश घिसिङ र ६० औं मिनेटमा कृष्णगोपाल श्रेष्ठले एक गोल गरेका थिए । सरस्वतीका खेलाडीले ५० औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
अर्को खेलमा ‘ए’ डिभिजन लिगको अघिल्लो संस्करणमा तेस्रो भएको जावलाखेललाई मछिन्द्र क्लबले ५–१ को भारी अन्तरले पराजित गर्यो । मछिन्द्रका लागि दीपक राई र विशाल राईले दुई/दुई गोल गरे । खेलको १३ औं मिनेटमा जावलाखेलका विवेक बस्नेतले आफ्नै पोष्टमा गोल हानेका थिए । जावलाखेलका लागि ५८ औं मिनेटमा राजु पौडेलले सान्त्वना गोल गरेका थिए ।
लिगको पहिलो दिनको खेलमा मध्यपुरले पुलिस र संकटाले मनाङलाई १–१ को बराबरीमा रोकेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
