समाचारबुधबार, कार्तिक ४, २०७२

प्रधानमन्त्री ओलीः छोराछोरी छैनन् कसका लागि भ्रष्टाचार गर्नु ?

हिमालखबर

प्रधानमन्त्री केपी ओलीले आफू भ्रष्टाचार गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । “प्रधानमन्त्री भइसकेको छु”, झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “ भगवानका कृपाले छोराछोरी छैनन्, कसका लागि भ्रष्ट्राचार गर्नु ?”

ओलीले मञ्चमा बसेका सीपी मैनालीको नाम उच्चारण गर्दै लामो समयसम्म एमाले बाहिर बस्न नसक्ने बताए । उनले तत्काल कांग्रेस सरकार बाहिर रहेपनि चाँडै सरकारमा सामेल हुने बताए । उनले भने, “सरकारमा नजाने नीति भएको चित्रबहादुर केसी आँउदै हुनुहुन्छ, मुलुक अघि बढाउने एकता भनेको यहि हो ।”

मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएको ११ दिनपछि गृहजिल्ला झापामा अभिनन्दन ग्रहण गर्न आएका ओलीले झापा आन्दोलनका दिवंगत सहयोद्धाहरुको स्मरण गर्दै उनीहरुको सपना खेर जान नदिने प्रतिबद्धता ब्यक्त गरे ।

करिब १५ मिनटको मन्तब्यमा ओलीले भारतबाट करिब एक महिनादेखि गरिरहेको नाकाबन्दीको बारेमा भने बोलेनन् ।

सभामा एमाले महासचिब इश्वर पोखरेलले केपी ओली प्रधानमन्त्री बन्नु इतिहासको ठुलो कडिको ताजा रुप भएको बताए । पोखरेलले ओलीको जीतले मुलुकको स्वाभिमानलाई जिवन्त राख्ने जिम्मेवारी पनि साथै पाएको बताए ।

प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्न आयोजित सभामा कांग्रेस महामन्त्री तथा पूर्ब उपप्रधानमन्त्री कृष्ण्प्रसाद सिटौला पनि अतिथी दीर्घामा थिए । सिटौलाले भने, “राष्ट्रलाई एक बनाएर अघि बढाउने ल्याकत उहाँमा कायम रहोस् ।”

झापाका ३४ वटा राजनीतिक, आर्थिक तथा सामाजीक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको अभिनन्दन ग्रहण गर्न ओली ४ असोज बिहान ११ बजे झापा आएका थिए । करिब ७ घण्टाको जिल्ला बसाईका क्रममा ओलीले दक्षिण इलामको दानाबारीस्थित सुखानीपार्क पुगेर २०२९ साल फागुन २१ गते पञ्चायती प्रहरीले ज्यान लिएका पाँच झापाका क्रन्तिकारीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको सम्झनामा कपुरको बिरुवा रोपे ।

-गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>