Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल यू–१९ विश्वकपमा छानियो, आयरल्याण्ड ३ विकेटले पराजित - Himalkhabar.com

खेलकुदबिहीबार, कार्तिक ५, २०७२

नेपाल यू–१९ विश्वकपमा छानियो, आयरल्याण्ड ३ विकेटले पराजित

हिमालखबर

यू-१९ छनोट चरणको फाइनल खेलमा आयरल्याण्डलाई तीन विकेटले हराउँदै नेपाल यू–१९ विश्वकप प्रतियोगिताका लागि छनोट भएको छ ।

मलेशियामा ५ कात्तिकमा भएको खेलमा आयरल्याण्डलाई तीन विकेटले हराउँदै नेपाल विश्वकप प्रतियोगिताका लागि छनोट भएको हो ।

छनोट चरणका सबै खेलमा जीत हासिल गरेको नेपालले आयरल्याण्डले दिएको १८५ रनको चुनौतिलाई ४६.२ ओभरमा ७ बिकेट गुमाएर भेट्टाउन सफल भयो ।

टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले ४७.७ ओभरमा सबै बिकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ४६ रन, राजु रिजालले ३५ रन, दीपेन्द्र सिं ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए ।

त्यसैगरी राजबीर सिंहले १६, योगेन्द्र सिंह कार्कीले ११, सौरभ खनाल र प्रेम तामाङ नटआउट रही क्रमशः १६ र १ रन बनाए । सन्दिप सुनार भने शून्य रनमै एलबीडब्ल्यू भएका थिए ।

पहिलो इनिङमा  नेपाली बलर आरिफ शेखले ३ विकेट, ललितनारायण राजवंशीले ४ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>