Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दशैंको कोलेस्टोरेल (स्वास्थ्य चर्चा) - Himalkhabar.com

समाचारबिहीबार, कार्तिक ५, २०७२

दशैंको कोलेस्टोरेल (स्वास्थ्य चर्चा)

डा. सुमनराज ताम्राकार

ठूला चाडबाडमा बढी खाइने मासु, घ्यू, तेल खराब कोलेस्टोरेलको गुँड हुन्।

कोलेस्टोरेल आफैंमा रोग होइन, तर घातक स्वास्थ्य समस्याको कारक हो। खानपानमा होशियारी गरेर यसबाट जोगिन सकिन्छ। अझ्, दशैं जस्तो खानपानमा जोड दिइने चाडको वेला त नियमित रूपमै रगतमा कोलेस्टोरेलको मात्रा जँचाउनु बुद्धिमानी हुन्छ।

अरू खाद्य पदार्थबाट पनि आउने कोलेस्टोरेल खासमा बोसो हो। मानव शरीरमा कोषहरूलाई जोगाउने झिल्ली बनाउन नभई नहुने कोलेस्टोरेलको ८० प्रतिशत भाग कलेजोले उत्पादन गर्छ। कोलेस्टोरेलको अर्को महत्वपूर्ण काम भिटामिन डी, चिल्लो पचाउने पित्त र सेक्स हर्मोन उत्पादन हो। तर, समस्या खराब कोलेस्टोरेलको हो।

समस्याः हानिकारक बोसो
cholestrolमासु, तेल, घ्यू र त्यसमा पनि वनस्पति घ्यू अधिक कोलेस्टोरेल उत्पादनका कारक हुन्। यसको अधिकताले कोलेस्टोरेललाई हृदयाघात, मस्तिष्काघात आदिको तहसम्म पुर्‍याउँछ। लामो समय टिकाउन वनस्पति घ्यूमा गरिने हाइड्रोजिनेशनले त्यसमा ट्रान्स फ्याट बन्छ।

ट्रान्स फ्याटमा शरीरका लागि हानिकारक (संतृप्त) बोसो बढी हुन्छ। रगतमा संतृप्त बोसोको मात्रा बढ्यो भने रक्तनलीको भित्तामा टाँसिएर उच्च रक्तचाप, मस्तिष्कघात, हृदयघात आदिको सम्भावना बढ्छ।

ट्रान्स फ्याटयुक्त खानेकुराको अधिक सेवनले प्रजनन् क्षमतामा कमी आउनुका साथै मधुमेह र क्यान्सरको पनि जोखिम बढाउँछ।

सय ग्राम वनस्पति घ्यूमा ३४ प्रतिशतसम्म संतृप्त बोसो र ५० प्रतिशतसम्म ट्रान्स फ्याट हुन्छ भने डाल्डा घ्यूमा संतृप्त बोसोको मात्रा ५० प्रतिशतसम्म हुन्छ।

त्यस्तै, अहिले फेसनजस्तै बनेको फास्ट फूड, प्याकेज्ड फूड, फ्रोजन फूड र अरू किसिमको प्रशोधित खानेकुरामा धेरै ट्रान्स फ्याट एसिड हुन्छ। यो निकै हानिकारक बोसो हो। यसले शरीरको उपयोगी बोसो घटाइदिन्छ।

मुटु रोगबाट मृत्यु हुनाको मुख्य कारण रगतमा कोलेस्टोरेलको मात्रा बढ्नु नै हो। कोलेस्टोरेल बढ्नुको मुख्य कारण संतृप्त बोसो वृद्धि हो।

संतृप्त बोसोको मुख्य स्रोत मासु, दुग्ध पदार्थ र चिप्सलगायतका प्रशोधित खानेकुरा हुन्। यी खाद्य पदार्थले रगतमा कम घनत्व हुने कोलेस्टोरेल बढाउँछ।

स्वास्थ्यको दृष्टिले शुद्ध घ्यू नै पनि धेरै उपयोगी हुँदैन भने डाल्डा लगायतका वनस्पति घ्यूले त बर्बादै पार्न सक्छ। बजारमा छ्यापछ्याप्ती पाइने सनफ्लावर, मकै, भटमासको तेलमा बरु वनस्पति घ्यूमा भन्दा कम बोसो हुन्छ।

किनकि, तेलमा तुलनात्मक रूपमा असंतृप्त बोसो बढी हुन्छ। असंतृप्त खालको बोसोले खराब कोलेस्टोरेल घटाउन सघाउँछ। तर, तेल राम्रो भए पनि बारम्बार तताउने अर्थात् पुनः प्रयोग गरे हानिकारक बन्छ। हाम्रा मिठाई पसल, रेस्टुरेन्ट र होटलहरूले उब्रेको तेल फाल्छन् भनेर विश्वास गर्न सकिन्न।

खानेतेलहरूमध्ये तोरीको तेललाई स्वास्थ्यको दृष्टिले उपयुक्त मानिन्छ, असंतृप्त बोसोको मात्रा बढी हुने भएकोले। शुद्ध तोरीको तेलमा संतृप्त बोसोको मात्रा आठ प्रतिशत मात्र हुन्छ।

तोरीको तेलमा मुटुको लागि लाभदायक ओमेगा ३ र ओमेगा ६ पनि पाइन्छ। ओमेगा ३ ले आन्द्राको क्यान्सर रोक्न सघाउँछ।

मासु, गेडागुडी जस्ता प्रोटिनयुक्त खाद्यपदार्थ टुक्रिएर युरिक एसिड बन्छ।

त्यसकारण, असंतृप्त बोसो र युरिक एसिड कम गर्न रातो मासु (खसी, राँगो), कलेजो, अण्डा, दही, तामा, अचार, चूक, अमिला फलफूल, मोही, पालुङ्गोको साग, गोलभेंडा, च्याउ, मैदाबाट बनेका परिकार, फिंजयुक्त पेयपदार्थ (बियर, रक्सी, सोडा), भुटे/तारेका खानेकुराको उपभोगमा धेरै लोभिनुहुँदैन।

तर, चाडबाडमा यिनै परिकार बढी र पटक–पटक खाइन्छ। यस्तो वेला उच्च कोलेस्टोरेल, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, हृदय रोग भएकाहरूले बढी आँत मार्नु बुद्धिमानी हुन्छ।

प्रोटिनसँगै युरिक एसिडको पनि मुख्य स्रोत रहेको ससेज, खसी, भेडा, कलेजो र बँदेलको मासुमा बोसोको मात्रा क्रमशः ८०, ५८, ४८, २७ र २६ प्रतिशतसम्म हुन्छ। यसमा संतृप्त बोसो नै बढी हुन्छ। धेरै मासु खानेले आँखाले देखेसम्मको बोसो निकालेर उसिनेर खानु बढ्ता स्वस्थकर हुन्छ।

त्यसैगरी, खसी, भेडा, राँगा र बँदेल (रातो मासु) भन्दा कुखुरा, हाँस र अन्य पक्षीको मासु रोज्नुपर्छ। समग्रमा सेतो मासु मानिने पन्छीको मासुमा बोसो कम र प्रोटिन बढी हुन्छ। त्यसमा पनि बट्टाई, टर्की र अष्ट्रिचको मासु राम्रो हुन्छ।

तर, कुखुराकै मासुबाट बनाइएको भए पनि ससेज लगायतका प्रशोधित मासु स्वास्थ्यको दृष्टिले राम्रो मानिंदैन। स्वास्थ्यको लागि माछा र सामुद्रिक जीवजन्य परिकार निकै राम्रो विकल्प हो, जुन भूपरिवेष्ठित देश नेपालमा कम प्रचलनमा छ। तर नबिर्सौ– यी चिज दशैंमा नै खानुपर्छ र सकेसम्म धेरै खानुपर्छ भन्ने केही छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>