समाचारशुक्रबार, कार्तिक ६, २०७२

अघोषित रुपमा स्थगित आन्दोलन चर्काउने मोर्चाको तयारी

हिमालखबर

Sarkar-Morcha-Barta

४ असाेजमा सरकारी वार्ता टाेलीसँग माेर्चाका वार्ता टाेली सदस्यहरु । फाइल फाेटाे

सरकारसँग वार्तामा बसिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतवारको वार्ता असफल भए आन्दोलन चर्काउने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री निर्वाचनमा भाग लिएपछि शिथिल देखिएको आन्दोलन दशैंपछि चर्काउनेगरी तयारी भइरहेको सद्भावना महासचिव मनिस सुमनले बताए । उनका अनुसार जिल्ला–जिल्लामा पहिलेकै जस्तो चर्काे आन्दोलनको तयारी भइरहेको छ ।

सुमनले भने, “अघोषित रुपमा स्थगित आन्दोलन कोजाग्रत पूर्णिमादेखि चर्काउने तयारी भइरहेको छ ।” उनले पूर्णिमापछि नाकाबन्दी, आमहड्ताल, कर नतिर्ने र सहयोग आन्दोलन पुनःथाल्ने बताए ।

८ असोज दिउँसो १ बजे सिंहदरवारमा हुने वार्ता असफल भए आन्दोलनलाई सशक्त बनाउने मोर्चाको तयारी छ । समुनले भने, “सीमाकंन नै मोर्चाको मूख्य माग हो, यसबारे सरकार पक्षले प्रष्ट धारणा नल्याए आन्दोलन पुनःचर्कन्छ ।” मोर्चाले राज्य पुनःसंरचना आयोगले पेश गरेको तराईमा दुई प्रदेशकै सुझाव अनुसार सीमाकंन हुनुपर्ने माग गरिरहेको छ ।

३० साउनबाट शुरु भएको मोर्चाको आन्दोलनमा ४६ जनाको मृत्यु भइसकेको छ भने तराई–मधेशको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>