समाचारशुक्रबार, कार्तिक ६, २०७२

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुँदै

हिमालखबर

नयाँ संवैधानिक व्यवस्था अनुसार व्यवस्थापिका–संसदमा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया शुरु हुँदैछ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न ७ कात्तिक दिउँसो ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।

“सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई ८ कात्तिकसम्म सहमतिका लागि समय दिने र त्यसो नभए १० कात्तिकबाट निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,”, निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए ।

राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति ९ कात्तिक समय पाउने संभावना छ ।
ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>