समाचारशुक्रबार, कार्तिक ६, २०७२
वीरगञ्जमा आन्दोलनकारीको लुटपाट
वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मा चोकमा मिनी ट्रकमा लोड गरिएको खाद्यान्न आन्दोलनकारीले लुटेका छन् ।
बन्द अवज्ञा गरी खाद्यान्न अन्यत्र पुर्याएको आरोप लगाउँदै ना ४ ख ४७७४ नम्बरको मिनी ट्रकमा लोड रहेको दैनिक उपभोग्य वस्तुलाई ६ कात्तिक बेलुका मधेशी मोर्चाका कार्यकर्ताले लुटेको प्रहरीले जनाएको छ ।
लुटपाट गर्नेमध्येका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चामल, दाल, नुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु वीरगन्जबाट चितवनका लागि लैजाने तयारीमा राखिएको मिनी ट्रकलाई लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मिनी ट्रकबाट लुटपाट गरिएका केही वस्तु बरामद गरे पनि आधाभन्दा बढी खाद्यान्न हराइरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनबारे थप अनुसन्धान भइरहेको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>