समाचारशनिबार, कार्तिक ७, २०७२

कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

हिमालखबर

नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवासमा आज, ७ कात्तिक बिहान बसेको बैठकले संसद्‌मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए ।

केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।

यता पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुखको चयन सहमतीका आधारमा हुनुपर्ने बताएका छन् ।
सहमतीय प्रक्रियाका लागि कांग्रेसले वातावरण तयार गरेको भन्दै केसीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>